काठमाडौं – सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ । कार्यदलले तयार गरेकाे प्रतिवेदन अनुसार सिट संख्या आज सार्वजनिक गरीने छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको छ । बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी रहेको छ । हिजो बुधबार साँझ बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरिसकेको बताइएको छ ।
प्रतिवेदनको अन्तिम रूप भने आज बस्ने बैठकले दिने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।”हामीले पाएको जिम्मेवारी अनुसार प्रतिवेदन तयार पारेका छौँ । बिहीबार बिहान ९ बजे बस्ने बैठकले अन्तिम रूप दिने छ । बिहीबार नै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउँछौँ,” उनले भने ।तर, सिट संख्याबारे भने उनले जानकारी दिन मानेनन् ।
पाँच दलीय सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएको छ । त्यसका लागि सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो । सुरुमा साउनभित्रै सिट बाँडफाँटको टुंगो लगाइने भनिएको थियो ।
तर, दलहरूको आआफ्नै अडानका कारण सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदललाई निकै सकस परेको थियो







