Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

कांग्रेसले १०० सिट दाबी गरेपनि ८० सिटमा मान्छ, माओवादी ६० वरपर : दाहाल

Tuesday, September 6, 2022
कांग्रेसले १०० सिट दाबी गरेपनि ८० सिटमा मान्छ, माओवादी ६० वरपर : दाहाल
5.5k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको टुंगो बुधबारसम्म लाग्ने बताएका छन् । मंगलबार साँझसम्म कार्यदल स्तरबाट सहमतिको प्रयास भइरहेको र बुधबार शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाइने उनको भनाइ थियो ।

 

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी कैलालीमा पार्टी कार्यक्रमका लागि पुगेका दाहालले बुधबार विमानस्थलमा भने, ‘कांग्रेसले चर्चा गरिरहेको जस्तो १०० सिट भन्नुभएको छ । पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं । त्यसको वरिपरी मिलाउने हो । एकीकृत समाजवादी २५ र जसपा २५ दाबी गरिराखेको स्थिति छ । यसैलाई आधार बनाएर सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रसम्म बसेर टुंगो लगाउने, मिलेको जति मिलाउने र त्यसपछि शीर्ष तहमा बसेर टुंगो लगाउने कुरा भएको छ ।’

Order Cake Order Cake Order Cake

संघीय र प्रदेशका सबै निर्वाचन क्षेत्रको टुंगो शीर्ष तहबाट नै लगाउने गरी काम भइरहेको दाहालले जानकारी दिए । ‘निर्वाचनको सन्दर्भमा गठबन्धनमा हामीले सिटसंख्या क्षेत्र र प्रदेश एकैपटक टुंग्याउने भनेर सबै पार्टीका प्रतिनिधिलाई आज बेलुकासम्मको समय दिइएको छ । भोलि शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाउने कुरा भएको छ,’ उनले भने । सबै पार्टीले गरेका दाबी सुन्ने र पछि शीर्ष तहबाट टुंगो लगाउने दाहालको भनाइ थियो । कांग्रेसमा शेखर कोइराला पक्षले १०० सिट आफ्नो पार्टीलाई हुनुपर्ने माग गरेको छ । यस्तो अवस्थामा दाहालको यस्तो प्रतिक्रिया आएको हो ।

स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र आगामी मंसिर ४ का लागि तोकिएको संघ र प्रदेश निर्वाचन पनि सम्पन्न गर्नुपर्ने दाहालको भनाइ थियो । ‘गतवर्ष संविधान मिचिने, च्यातिने हो कि भन्ने खतरा थियो । यो निर्वाचन सम्पन्न भएपछि त्यो खतरा नेपालबाट टरेर जान्छ,’ उनले भने ।

त्यस्तै, प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म रहने कुरामा सरकार र सत्तारुढ गठबन्धन स्पष्ट रहेको दाहालको भनाइ थियो । प्रतिनिधिसभामा संसद्को कार्यकाल लम्ब्याउने व्यवस्थासहितको कानुन संशोधन विधेयक ल्याएकोमा दाहालले त्यसो नगरिने बताए । ‘संसद्को कार्यकाल एकदिन पनि यताउता गर्नु हुँदैन भन्ने हो । मनोनयनपछि संसद् एक दिन पनि रहँदैन,’ उनले भने । प्रमुख सचेतकहरूको सल्लाहमा विधेयक ल्याइएकोमा सरकार र गठबन्धनले त्यसलाई अगाडि नबढाउने निर्णय लिएको उनले जानकारी दिए ।

Comments
Share
368
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki