काठमाडौं – स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले काठमाडौंसहित ९ निर्वाचन क्षेत्रमा उमेदवारको नाम सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा अभियानले उमेदवारको नाम घोषणा गरेको हो । सुमन सायमीको नेतृत्वमा रहेको अभियानले काठमाडौं ५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं ८ मा सुमन सायमी, ९ मा विद्या श्रेष्ठ,भक्तपुर २ मा दरोस्तभ लोकेन्द्र, कास्की २ मा सिरीष गुरुङ, रौतहट १ मा राहुल मिश्र, रुपन्देही ५ मा भिष्म राना र उदयपुरमा गजेन्द्र महतलाई उमेदवार बनाएको हो ।
Comments
Share







