काठमाडौं- हरितालिका तिज पर्व आज हिन्दु महिलाहरुले हर्ष उल्लासका साथ मनाउँदै छन् । आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ ।
मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिभिन्न परोपकारी संघ सस्थाहरुले सहायता कक्षहरुको व्यवस्था गरेका छन । गर्मीको परवाह नगरी महिलाहरु तिजको गीतमा झुमेर नाचिरहेका छन् ।
दर्शनको सहजताको लागि जुत्ता चप्पल राख्ने निशुल्क व्यवस्था गरिएको छ । तीजको रौनकमा बिदेशि पर्यटकहरुपनि फोटो खिच्दै रमाइरहेका छन । युवा युवतिहरु फोटो खिचाउन तथा टिकटक बनाउनमा तल्लीन देखिन्छन् । छिमेकी देश भारतबाट पशुपतिको दर्शन गर्न आएका दर्शनार्थीहरु आफ्नो पालो पर्खेर बसिरहेका देखिन्छन् । सडक बालबालिकाहरु भक्तजनहरुलाई पैसा मागेर दिक्क बनाइरहेको पनि स्मार्ट अक्षरको क्यामेराले दृश्य कैद गरेको छ ।










