Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अविरल वर्षाका कारण बर्दियाको ठाकुरबाबामा ४३ घर डुबानमा, १२ जनाको उद्धार

Monday, August 29, 2022
अविरल वर्षाका कारण बर्दियाको ठाकुरबाबामा ४३ घर डुबानमा, १२ जनाको उद्धार
3.3k
VIEWS
Website Development Website Development Website Development

बर्दिया – गएरातिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ को कर्मेला रजकुना गाउँ र वडा नम्बर २ को अम्रेनी गाउँका गरी ४३ घर डुबानमा परेका छन् ।

ठाकुरबाबा-७ को कर्मेला रजकुना गाउँका ३ घरका वृद्धवृद्धा, महिला र बालबालिका गरी १० जनालाई नेपाल प्रहरी, नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जसहितको टोलीले उद्धार गरेको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

वडा नम्बर ७ कर्मेला रजकुना गाउँमा २२ घर डुबानमा परेका छन् भने वडा नम्बर २ अम्रेनी गाउँमा २१ वटा घर डुबानमा परेका छन् ।  बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाढी गाउँमा पस्दा डुबानमा परेकाले तत्काल निकुञ्जसँग समन्वय गरेर तटबन्ध गर्ने मेयर लम्सालले बताउनुभयो ।

Order Cake Order Cake Order Cake

वडा नम्बर ७ मा बाढीका कारण घरभित्र फसेका १० जनालाई उद्धार गरी शिवशुन्दर माध्यमिक विद्यालयमा राखिएको र खाजा खानाको व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो । अन्य डुबान प्रभावित घरपरिवारलाई पनि खाजा र खानाको व्यवस्था मिलाउन नगरपालिकाको टोली डुबानग्रस्त गाउँमा खटिएको उहाँले बताउनुभयो ।

बाढी आएको खबर पाएलगत्तै ठाकुरबाबा नगरपालिकाका मेयर वडा नम्बर ७ का वडाध्यक्ष कलम विष्ट र वडा नम्बर २ का वडाध्यक्ष कमल चापागाईँसहितको टोली डुबान क्षेत्र पुगेको हो ।

यसैगरी वडा नम्बर ४ को खैलार गाउँ नजिक गएराति बबई नदी किनारमा फसेका दुई जनालाई पनि इलाका प्रहरी कार्यालय भुरिगाउँको टोलीले ट्युब र डोरीको सहायताबाट उद्धार गरेको मेयर लम्सालले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिका आसपासका केही घरमा बाढी पसेको छ । घरमा बाढी पसेपछि भकारी र डेहरीमा भण्डारण गरी राखेको खाद्यान्न भिजेर नष्ट भएको छ । स्थानीय बासिन्दाको माछा पोखरीमा बाढी पस्दा माछा बगेका छन् भने २ वटा भान्सासमेत भत्किएको छ ।

बर्दिया निकुञ्ज भित्रको जङ्गलबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर १, २ ६, ७, ८ का केही गाउँ हरेक वर्ष डुबानमा पर्ने गरेका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रहरी हवलदार राजेन्द्र रावलका अनुसार बबई नदीसहित स्थानीय खोलामा बिहान सतर्कता तहसम्म बाढी आएको भए पनि अहिले घटदो क्रममा रहेको छ ।

अविरल वर्षाका कारण स्थानीय खोला र नदीमा पानीको सतह बढेकाले बाढी पस्न सक्ने बबई नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ । नदी किनारमा काठदाउरा निकाल्न र माछा मार्न नजान पनि आग्रह गरेको छ । जिल्लाभर उद्धारका लागि सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कर्यालय बर्दियाले जनाएको छ ।

Comments
Share
272
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki