काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन् । इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्।
सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुर्व्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।
यसैबीच उनीहरु इन्टरपोलको बैठक सकिएपछि जापान भ्रमणमा जाने तयारी छ। जापानको प्रहरीसँग नेपाल प्रहरीले केही आर्थिक सहयोग माग गरेको र त्यसका लागि जापनीज प्रहरीलाई इमेल मार्फत सो प्रस्ताव गरेको भएपनि त्यसको जवाफ आइनसकेकाले जापान जाने कार्यक्रमलाई बाहिर ल्याईएमको छैन।
नेपाल प्रहरीका एक अधिकारीका अनुसार आजभोलि नै जापनी दूतावास मार्फत कुराकानी गर्ने सो कुराकानी सकारात्मक भए उनीहरुको जापान भ्रमण औपचारिक हुने नत्र अनौपचारिक मै सिमितहुनेछ।







