काठमाडौं – त्रिभुवन विश्वविद्यालय नेपाल विद्यार्थी संघ र अनेरास्ववियु विचको आपसी द्वन्दले तनावग्रस्त भएको छ । परीक्षाको प्रश्नपत्रमा त्रिवी पदाधिकारीले लापरबाही गरेको भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघले असार २७ गते त्रिविका विभिन्न कार्यालयमा तालाबन्दी थियो । २७ गते लगाइएको ताला अहिलेसम्म खुलेका छैनन् ।
तर, त्रिवी पदाधिकारीले भने नेविसंघले अनावश्यक दुःख दिएको भन्दै आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा नेविसंघले विरोध गर्दै नाराबाजी गरेपछि एमाले निकट अनेरास्ववियुले नेविसंघमाथि प्रतिकार गरेको छ । अनेरास्ववियु ताला खोल्ने पक्षमा छ भने नेविसंघ खोल्न नहुने र पदाधिकारीले राजीनामा दिनुपर्ने मागसहितको अडानमा छ ।अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानले आज जसरी पनि बन्द ताला खोलिने जनाएका छन् । अहिले दुवै संगठनका विद्यार्थी एकआसपमा भिड्ने तयारी गरिरहेका छन् । तर, प्रहरीले घटना घट्न नदिनको लागि बल प्रयोग गरिरहेको छ । आक्रामक रुपमा विद्यार्थी प्रस्तुत हुँदा केहि प्रहरी घाइते भएका छन् ।







