काठमाडौं – सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनबीच सिट बाँडफाँडकाबारे छलफल गर्न केहिबेरमा बैठक बस्न लागेको हो ।
बालुवाटारमा बस्ने बैठकमा सिट बाँफाँटसहित समसामयिक विषयमा छलफल हुने छ ।
यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन गएकाले आजका लागि सारिएको हो । आजको बैठकबाट सिट बाँडफाँडबारे छलफल हुने भनिए पनि निष्कर्षमा पुग्न कठिन रहेको नेपाली कांग्रेसका एक नेताले बताए ।
Comments
Share







