Monday, June 22, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Wednesday, August 24, 2022
बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
2.2k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग चार वटा विषय राखेका छन्। पहिलो, आगामी निर्वाचनबारे। सरकारले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको छ। मिति घोषणाका बेला सरकारले आफूहरूसँग परामर्श नगरेको एमालेको आरोप थियो।

ओलीले आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्। ओलीले उठान गरेको दोस्रो विषय, शान्ति प्रक्रियाबारे हो। शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भन्ने कुरा पनि ओलीले प्रधानमन्त्रीसँग राखेका छन्।

Order Cake Order Cake Order Cake

सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि पेश गरेको थियो। सरकारले यस्ता विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल नगरेको पनि एमालेले बताउँदै आएको थियो।

ओलीले राष्ट्रपतिले फिर्ता गरेपछि फेरि संसदमा पुगेको नागरिकता विधेयकबारे पनि प्रधानमन्त्री देउवासँग कुरा राखेका छन्। सरकारले दुबै सदनबाट नागरिकता विधेयक पारित गरी सभामुखमार्फत् प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो। तर राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक पुन: संसदै फिर्ता पठाएकी थिइन्।सरकारले हुबहु फेरि नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित गरेको छ।

ओलीले प्रधानमन्त्री देउवासँग राखेको अर्को विषय हो- मूल्यवृद्धि। दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेको आरोप एमालेको छ। ओलीले प्रधानमन्त्री देउवालाई मूल्यवृद्धि नियन्त्रण गर्न ध्यानाकर्षण गराएका हुन्।

भेटवार्तामा सहभागी कांग्रेस नेतासमेत रहेका सञ्चार मन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले राखेका विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिने बताएको उल्लेख गरे। ‘तपाईंहरूले उठान गरेका विषयवस्तु सकारात्मक रूपमा लिन्छु,’ प्रधानमन्त्री देउवाका भनाइ उद्धृत गर्दै कार्कीले भने, ‘यी सबै कुरा म पाँच दलीय गठबन्धन बैठकमा पनि राख्छु।’

आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुने भएकोले यसमा चिन्ता नगर्न प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। ‘निष्पक्ष चुनाव गराउन सरकार प्रतिवद्ध छ,’ प्रधानमन्त्री देउवाले भनेका थिए।

एमालेका नेताहरूले सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरी विधेयक अगाडि बढाएको बताइरहेका बेला आज प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

 

Comments
Share
112
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki