Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णय: महासचिवमा देव गुरुङ चयन

Saturday, August 20, 2022
माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णय:  महासचिवमा देव गुरुङ चयन
1000
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – माओवादी केन्द्रको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा २१ पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई स्थायी समिति बैठकले अनुमोदन गरेको छ । अबभने केन्द्रको पदाधिकारीले पूर्णता पाएको छ ।
बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष कृष्णबहादुर महराले महासचिवमा देव गुरुङलाई चयन गरिएको जानकारी दिए ।

स्थायी समितिको निर्णयलाई अब केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्छ । प्रचण्डले एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, महासचिव, ७ उपमहासचिव र ९ जना सचिवको नाम प्रस्ताव गरेका थिए ।
२१ जनाको पदाधिकारी बनेसँग अब अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नाराणकाजी श्रेष्ठ र उपाध्यक्षको जिम्मेवारी कृष्णबहादुर महराले पाएका छन् ।

देव गुरूङलाई माओवादी केन्द्रको महासचिव बनाइएको छ । प्रचण्डसँग ‘लभ एण्ड हेट’को सम्बन्ध रहेका गुरूङलाई प्रचण्डले आकस्मिक रूपमा महासचिवको जिम्मेवारी दिएका छन् ।
माओवादी केन्द्र विभाजित नहुँदा गुरूङ मोहन वैद्य खेमामा थिए । त्यसबेला पार्टी भित्रको अन्तरसंघर्षमा उनले प्रचण्डलाई साथ दिँदैनथे । पार्टी विभाजन हुँदा मोहन वैद्यसँगै नयाँ पार्टी बनाउन गएका गुरूङ पछि रामबहादुर थापा बादलसँगै माओवादी केन्द्र फर्किएका थिए ।

Order Cake Order Cake Order Cake

माओवादी केन्द्रमा फर्किएपछि भने गुरूङले प्रचण्डलाई बलियो साथ थिए । माओवादी केन्द्र भित्र वैचारिक नेताको रुपमा गुरूङलाई चिनिन्छ ।
माओवादी केन्द्रभित्र महासचिव बन्नका लागि वर्षमान पुन र जनार्दन शर्माले प्रयास गरिरेहका थिए । उनीहरूलाई उपमहासचिव बनाइएको छ ।

पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृका यादव, र हरिबोल गजुरेलले पनि उपमहासचिवको जिम्मेवारी पाएका छन् । पम्फा भुसालले उपाध्यक्ष बन्ने आकांक्षा राखेकी थिइन् ।

कुनै बेला माओवादीभित्र भुसाल महासचिवको दाबेदारको रूपमा चर्चा हुने गरेको थियो ।
त्यसैगरी, प्रचण्डले पार्टीको सचिवमा ९ जनाको नाम प्रस्ताव गरेका थिए । सचिवको जिम्मेवारी पाउनेमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की छन् ।

अहिले केन्द्रीय कार्यालय सचिव रहेका श्रीराम ढकाललाई कोषाध्यक्ष बनाउने निर्णय माओवादीको स्थायी समिति बैठकले गरेको छ ।

गत पुसमा भएको माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । केन्द्रीय समितिबाट माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको थिएन ।
केन्द्रीय समितिले स्थायी समिति र पोलिटब्युरो चयन गरेपछि प्रचण्डले लामो समय लगाएर पदाधिकारीको प्रस्ताव ल्याएका थिए ।

यी हुन् माओवादी केन्द्रका पदाधिकारीको सूची

अध्यक्षः पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्षः नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
उपाध्यक्षः कृष्णबहादुर महरा
महासचिवः देव गुरुङ
उपमहासचिवः वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृका यादव, हरिबोल गजुरेल
सचिवः दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
कोषाध्यक्षः श्रीराम ढकाल प्रशान्त

Comments
Share
80
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki