Tuesday, June 23, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नागरिकता विधेयकले जनमत विभाजित नगराेस् : ज्ञवाली

Thursday, August 18, 2022
प्रदीप ज्ञवालीको प्रश्न – कामचलाउ सरकारले सदनलाई बिजनेश दिन मिल्छ ?
1.2k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसरको रूपमा लिन पनि सत्तापक्षलाई आग्रह गर्नुभयो । नागरिकताजस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’ को रूपमा नलिइ यसमा विवेक पुर्‍याएर आवश्यक निर्णय लिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘नागरिकताजस्तो संवेदनशील विषयलाई व्यवस्थित गर्न बनेको विधेयकमाथि यो महत्त्वपूर्ण दस्तावेजमा सुधार गर्ने एउटा महत्त्वपूर्ण अवसर सम्माननीय राष्ट्रपतिज्यूको सन्देशले दिएको छ । यसलाई यो सदनले गम्भीरतापूर्वक लिओस् र अधिकतम सदुपयोग गरोस् भन्ने म आग्रह गर्न चाहन्छु । तर सत्तापक्ष त्यसो गर्ने पक्षमा देखिने छैन ।

Order Cake Order Cake Order Cake

हिजोमात्रै सत्तारूढ दलहरू बसेर त्यसलाई जस्ताको तस्तै पारित गर्ने भनेर निर्णय सार्वजनिक भएकाे छ । सम्माननीय राष्ट्रपतिज्यूले लैङ्गिक समानता, आमाको प्रजनन अधिकार, उनको आत्मसम्मानजस्ता प्रश्नतिर ध्यानाकर्षण गराउँदै बाबुको स्वघोषणा गर्नैपर्ने बाध्यात्मक अवस्थाले आमाको आत्मसम्मानमा चोट पुग्छ कि पुग्दैन भन्ने असाध्यै महत्त्वपूर्ण प्रश्न उठाउनुभएको छ । म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु–त्यहाँ उठाइएको प्रत्येक प्रश्नमाथि यो प्रतिनिधि सभाले गम्भीरतापूर्वक पुनर्विचार गर्न जरुरी छ । यो दस्तावेज सिङ्गो राष्ट्रलाई प्रतिनिधित्व गर्ने, सबै भेग, समुदाय र सबै जनताको समस्या समाधानसँग जोडिएको प्रश्न हो । यो राष्ट्रिय एकता हासिल गर्ने दस्तावेज पनि हो सभामुख महोदय । यो केवल मधेसको वा कुनै समुदायकाे विषय होइन । तथ्यहरूले पनि त्यही बताउँछन् । चाहे जन्म वा जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई नागरिकता दिने प्रश्न होस्, चाहे वैवााहिक अङ्गीकृतको प्रश्न होस् । यो सिङ्गै देशको साझा सवाल हो । यस्तो संवेदनशील विषयलाई लिएर देशलाई विभाजित गर्ने, जनमतलाई विभाजित गर्ने काम किमार्थ गरिनु उचित हुँदैन । एउटा अवसर प्राप्त भएको छ । छिटोभन्दा छिटो यो टुङ्ग्याउन जरुरी छ । यसमा प्रमुख प्रतिपक्ष एकदमै रचनात्मक ढङ्गले सहयोग गर्न तयार छ । तर यसलाई जबरजस्ती गरेर टाउकाको गिन्तिको आधारमा गर्नुभयो भने यसका परिणामहरू राम्रा हुँदैनन् सभामुख महोदय । टाउकोको गणनाको आधारमा त २०३७ सालमा राजा वीरेन्द्रले पञ्चायतलाई जिताएको पनि घोषणा गरेका थिए । टिक्यो त्यो ? टिकेन । त्यसो भएर टाउकाको गणना ठूलो कुरा होइन । विवेकको गणना चाहिँ सबभन्दा ठूलो कुरा हो ।’

सांसद ज्ञवालीले याे विधेयकमा संसदीय नियमावलीअनुसार संशोधन प्रस्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षणसमेत गराउनुभयो । नागरिककाे प्रतिक्रियालाई समेत सुनेर याे विधेयकबारे सदनले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि त्यहीअनुसार छलफललाई अघि बढाउन आवश्यक छ भन्नुभयाे ।

उपमहासचिव ज्ञवालीले संसदमा विचाराधीन याे विषयलाई सत्तारूढ गठबन्धनले जस्ताको तस्तै राष्ट्रपतिलाई फिर्ता पठाउने निर्णय गरेको भन्दै यसले संसद् र यसको गरिमाको धज्जी उडाएको आरोप पनि लगाउनुभयो ।

Comments
Share
158
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki