Saturday, June 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

राष्ट्रपतिद्वारा नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि संसदमा फिर्ता

जनमानसबाट उनको कदमको खुलेर प्रसंशा

Monday, August 15, 2022
राष्ट्रपतिद्वारा नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि संसदमा फिर्ता
990
VIEWS
Website Development Website Development Website Development

काठमाण्डौं-  राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि संसदमा फिर्ता गरिदिएकी छन् । उनले सुझाएका बुँदाहरुलाई मध्यनजर गर्दै जनमानसबाट उनको कदमको खुलेर प्रसंशा भइरहेको छ । नागरिकता विधेयक–२०७९लाई तथ्यहरु सहित संसदमा फिर्ता गरिदिएकी हुन् । विधेयक संशोधन गरी पुनः राष्ट्रपति समक्ष पेस गर्नु पर्ने छ ।

तत्कालीन राजा वीरेन्द्रले रोकेको नागरिकता ऐन, बहुदलीय व्यवस्था स्थापना भएपछि गठन भएका नागरिकता समस्या सुझाव आयोग समेतको चर्चा समेत राष्ट्रपतिले आफ्नो सन्देशमा गरेकी छन् । भविष्यमा नागरिकता विवादबारे समस्या नहोस् भनेर अहिलेको संसदले पनि यथेष्ट ध्यान पुग्नुपर्ने राष्ट्रपतिको भनाइ छ । यस्तै नागरिकताका सिद्धान्तहरूमा स्पष्टता पनि उनले खोजेकी छन् । जसमा आमाको नामबाट नागरिकता सहज रुपमा पाउनुपर्ने सवाललाई पनि उठाएकी छन् ।

उनले अंगीकृत नागरिकताको सवाललाई स्थायी रुपमा समाधान गरिनुपर्ने सन्देश दिएकी छन् । यस्तै राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको प्रतिवेदनलाई पनि थाती राखी पुनः नयाँ विधेयक दर्ता गराउनुको विश्वसनीय र स्पष्ट कारण संसद्का माध्यमबाट सार्वभौम जनताका सामुन्ने राखिदिनु पर्ने आशयसहितको सन्देश पनि राष्ट्रपतिले दिएकी छन् । बाबु नभएकोबारे आमाको स्वघोषणा प्रस्ताव गरिएकोलगायतका विषयमा समेत राष्ट्रपतिले चासो देखाएकी छन् ।

Order Cake Order Cake Order Cake

यस्तै उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीको अध्यादेश स्वीकृत गर्नुको कारण आफ्नो सन्देशमा उल्लेख गरेकी छन् । अध्यादेश राष्ट्रपतिले रोक्न नपाउने तर अहिलेको अवस्थामा भने संवैधानिक व्यवस्थाअनुसार निर्णय लिएको भण्डारीको भनाइ छ । तर ओलीले ल्याएको अध्यादेशले पनि नागरिकताको सवालमा प्रष्ट जवाफ दिन नसकेको उनको भनाइ छ । नागरिकलाई नागरिकता दिन ढिलाई गर्न नहुने भन्दै राष्ट्रपतिले आफ्नो सन्देशमा तत्काल छलफल गरी पुनः प्रमाणीकरणका लागि पेश गर्न आग्रह गरेकी छन् । नागरिक अगुवासँगको परामर्शपछि राष्ट्रपति भण्डारीले आइतवार विधेयक संसदमा फिर्ता पठाइदिएकी हुन् । प्रतिनिधिसभाले प्रमाणीकरण गरेर पठाएको विधेयक १५ दिनमा प्रमाणित गर्ने या फिर्ता गर्ने राष्ट्रपतिको अधिकार हो ।

संविधानको धारा ११३ मा विधेयकमा प्रमाणीकरण सम्बन्धी व्यबस्था छ । ‘प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको १५ दिनभित्र निजले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ’ भन्ने संविधानको व्यबस्था छ । राष्ट्रपतिले सोही व्यवस्थालाई टेकेर विधेयक फिर्ता गरेकी हुन् ।

Comments
Share
3
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki