Saturday, June 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

चीनले नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने

Thursday, August 11, 2022
चीनले नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने
923
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी सँग भेट वार्ता भएको छ । चीनले नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । दुई देशका प्रतिनिधिमण्डलबीच दर्जन भन्दा बढी विषयमा सहमति भएको भेटवार्तापछि बेइजिङस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुई मन्त्रीले विगतमा उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता र समझदारीलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनीहरू नेपालमा चीनको सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन सहमत भएका छन् । त्यसमा चिनियाँ पक्षले नेपाली प्रतिनिधिमण्डललाई चीनले काठमाडौं चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने आश्वासन दिएको छ ।

Order Cake Order Cake Order Cake

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्रीले अनुदान सहयोगमा चीनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने पनि घोषणा गरे । उनले सन् २०२२ को मार्चमा नेपाल भ्रमणका क्रममा भएको सहमतिअनुसार नेपाल–चीन क्रस बोर्डर प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने आश्वासन दिए ।

नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्भाव्यता अध्ययन गर्न सकारात्मक रूपमा विचार गर्ने आश्वासन दिएको छ ।

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री नेपालको कृषि क्षेत्रमा सहयोग गर्न सहमत भएका छन् । उनी नेपालको उत्पादन क्षमता विकास गर्न चिनियाँ लगानीलाई प्रोत्साहन गर्न र नेपाली चिया तथा परम्परागत जडीबुटीको निर्यातमा सहयोग अभिवृद्धि गर्न पनि सहमत भएका छन् ।

दुवै मन्त्रीले सीमा नाकामा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड–१९ को महामारी नियन्त्रण भएपछि रसुवा–केरुङ र तातोपानी–जाङ्मु बन्दरगाह दुईतर्फी व्यापारका लागि र हिल्सा–पुलाङ नाका एकतर्फी व्यापारका लागि खोल्ने सहमति भएको छ ।

दुई समकक्षीले नेपालका विभिन्न विपद् तथा प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई सहयोग गर्ने निर्णय गरेका छन् । स्टेट काउन्सिलर वाङ यीले नेपालको अनुरोधबमोजिम पाँच करोड ६७ लाख रुपैयाँ भन्दा बढी रकमको विपद् राहत सामग्री नेपाललाई उपलब्ध गराउने घोषणा गरे ।

चीनले नेपाललाई थप तीन करोड ७८ लाख रुपैयाँ भन्दा बढी मूल्यका मेडिकल सामग्री र रसद उपलब्ध गराउने छ । स्टेट काउन्सिलरले नेपाललाई आवश्यक पर्ने थप कोभिड–१९ खोप र कोभिड–१९ सम्बन्धी चिकित्सा सहयोग उपलब्ध गराउने पनि घोषणा गरे ।

परराष्ट्रमन्त्री खड्काले चीन सरकारले स्वास्थ्य सामग्री, उपकरण र जीवन बचाउने कोभिड–१९ खोपमा गरेको उल्लेख्य सहयोगको प्रशंसा गर्दै स्वास्थ्य पूर्वाधार र सुविधाको सुदृढीकरणका साथै क्यान्सर उपचारमा नयाँ प्रविधि हस्तान्तरण गर्न थप सहयोग गर्न आग्रह गरे ।

स्टेट काउन्सिलरले निजामती सेवा अस्पताल (सिभिल हस्पिटल)मा ब्लड क्यान्सरको उपचारका लागि काइमेरिक एन्टिजेन रिसेप्टर टी सेल (सीएआर टी सेल) निर्माण प्रयोगशाला स्थापना गर्न र नेपाली स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम उपलब्ध गराउन चीनले सहयोग गर्ने घोषणा गरे ।

चीनका विदेशमन्त्रीले आफ्नो अध्ययन पुनः सुरु गर्न चीन फर्कन चाहने बाँकी रहेका नेपाली विद्यार्थीहरूले स्वास्थ्य प्रोटोकल पूरा गर्दै भिसा प्रक्रिया अघि बढाउन सक्ने पनि घोषणा गरेका छन् ।

दुवै पक्षले नेपाल–चीन संयुक्त सीमा निरीक्षण समितिको विद्यमान संयन्त्रको कामका लागि आवश्यक तयारी गर्न द्विपक्षीय प्राविधिक समिति गठन गर्न सहमत भएका छन् ।

दुई मन्त्रीबीच नेपाल चीन सम्बन्ध र सहकार्यका सबै पक्षमा छलफल भएको थियो । व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनता–जनताबीचको आदानप्रदान लगायत थुप्रै क्षेत्रमा थप सहकार्य गर्न दुवै पक्ष सहमत भएका छन् ।

भेटमा नेपालका परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने आश्वस्त पारे ।

यस्तै, चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन दोहोर्‍याए र नेपाल सरकारको प्राथमिकता अनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिए ।

दुवै परराष्ट्रमन्त्रीले विभिन्न क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा पारस्परिक हितका विषयमा निरन्तर सहयोग गर्ने विषयमा पनि विचार आदानप्रदान गरेका थिए । भेटवार्ता सौहार्दपूर्ण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफलपछि स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. खड्का र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा भोजको आयोजना गरेका थिए ।

मन्त्री खड्का चिनियाँ समकक्षीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा गएका हुन् ।

Comments
Share
76
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki