काठमाडौं – बालाजु बाइसधारामा भएको आगलागी नियन्त्रणमा आएको छ ।
वान वर्ल्ड फूट वेयरमा लागेको आगो नेपाल प्रहरीसहित ४०० जनाको टोलीले नियन्त्रणमा लिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
आगो नियन्त्रण लिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित को टोली हाल पनि आगलागि स्थलमै खटिइरहेका छन् ।
प्रहरीले काठमाडौं, ललितपुर भक्तपुर र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दमकल बोलाइएको थियो।
अहिलेसम्म आगलागीको कारण खुलेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको प्रवक्ता मैनालीले बताए।तर करिब साढे चार करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।







