काठमाण्डाै – काठमाण्डौको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भइरहेको छ । प्रहरीका अनुसार औद्योगिक क्षेत्रनजिकै रहेको एक जुत्ता कारखानामा आगलागी भएको हो ।
आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगिसकेको प्रहरीले जनाएको छ । तर आगलागीबारे विस्तृत विवरण भने आउन बाँकी रहेको बालाजु प्रहरी वृत्तले जनाएको छ ।
Comments
Share







