Saturday, June 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

मतदाता नामावली सङ्कलनको काम स्थगित

भोलिसम्म अनलाइन आवेदन दिएकालाई औँठा छाप र फोटो लिने

Friday, August 5, 2022
निर्वाचन आयोगकाे प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको प्रधानमन्त्रीसँग भेटेर मिति प्रस्ताव गर्ने तयारी
2.5k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – निर्वाचन आयोगले मतदाता नामावलीका लागि अनलाइनमार्फत आवेदन दिएकालाई भोलिसम्म औँठा छाप र फोटो लिने व्यवस्था गरेको छ ।

अनलाइन प्रविधिमार्फत मतदाता नामावली सङ्कलनका लागि अनलाइन फारामभरि औँठा छाप र फोटो खिच्नका लागि आवेदन दिएकाको हकमा भोलिसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यसअघि नै फारम भरेका जसले साउन २० र २१ गते अर्थात आज र भोलिसम्मको समय लिनुभएको छ भने उहाँहरुको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा औँठा छाप र फोटो लिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले नमुनाका रूपमा आठ जिल्लामा अनलाइन फारम भर्ने व्यवस्था मिलाएको थियो । काठमाण्डौ, ललितपुर र भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापामा जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन फारम भर्न सक्ने व्यवस्था गरिएको थियो । आजदेखि मतदाता नामावली सङ्कलनको काम भने स्थगित भएको छ ।

Order Cake Order Cake Order Cake

सरकारले हिजो आउँदो मंसिर ४ गते एकैचरणमा गर्नेगरी प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गरेपछि आयोगले मतदाता नामावली सङ्कलनको काम आजदेखि स्थगित गरेको हो । यसअघि आयोगले गएको असार एक गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलनको काम आजदेखि स्थगित भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार निर्वाचन  आयोगले  मतदाता  नामावलीबाट  मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने कार्य पनि आजैदेखि सुरु हुनेछ । आयोगले मतदाता नामावली सङ्कलन गरेपछि नियमित रूपमै अद्यावधिक गर्ने कार्य गर्दै आएको छ ।

चुनावको तयारी पूरा गर्न आयोगलाई १ सय २० दिनको समय माग गरे पनि सरकारले १ सय ७ दिन मात्रै दिएको छ । तर अब निरन्तर चुनावका काम अगाडि बढ्ने र तोकिएको मितिमा चुनाव सम्पन्न गर्न सक्षम रहेको आयोगले जनाएको छ ।

२०७४ सालको चुनाव र गएको वैशाखमा भएको पालिका चुनावमा मतदान केन्द्र मतदातामैत्री नभएको गुनासोपछि अबको चुनावमा सकेसम्म पुनरावलोकन गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभएको छ ।

आयोगका अनुसार अहिलेसम्म १ सय १४ वटा दल दर्ता भएका छन् । तर पहिल्यै दर्ता भएका दलले पनि निर्वाचन भाग लिने प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने हुन्छ । आइतवारदेखि चुनावकाे प्रयोजनका लागि दल दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

Comments
Share
264
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki