Saturday, June 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

गृह मन्त्रालयले सप्तकोसी कटान क्षेत्रमा उद्धार र राहतको व्यवस्था गर्न निर्देशन

Wednesday, August 3, 2022
गृह मन्त्रालयले सप्तकोसी कटान क्षेत्रमा उद्धार र राहतको व्यवस्था गर्न निर्देशन
1.9k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै –  सप्तकोसीले कटान सुरु गरेपछि गृह मन्त्रालयले मातहतका निकायलाई जोखिममा रहेका परिवारको स्थानान्तरण, उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयमातहतका सबै निकायलाई अलर्ट राख्दै बाढी प्रभावितको उद्धार र राहतमा कुनै कमी हुन नदिन निर्देशन दिएका हुन् ।

सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि आसपासका २ हजार ४ सय घरधुरी जोखिममा परेका छन् । प्रहरीले जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरिरहेको छ । प्रदेश-१ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीका अनुसार कटानका कारण ती घरधुरी जोखिममा परेका हुन् । सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको छ ।

मन्त्री खाँणले बेलकामा सप्तकोसीको कटान र जोखिमबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग समेत छलफल गरेका छन् । कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्ने भन्नेबारे मन्त्रीद्वयबीच छलफल भएको छ ।

प्रहरीका अनुसार कटान निरन्तर बढिरहेकाले उनीहरूलाई त्यहाँबाट स्थानान्तरण गर्नुको विकल्प छैन । नदीको कटानलाई रोकेर त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरणको विकल्प नभएको प्रदेश प्रहरी प्रमुख गिरीले जानकारी दिए । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम गरिरहेको छ । उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले प्रभावित बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको बताए । कटानले सबैभन्दा बढी डुम्रिकोट र लाहुरेखोँचमा प्रभावित बनाएको प्रहरीले जनाएको छ ।

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनील पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायव महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

मन्त्री खाँणका प्रेस संयोजक मधुसूदन भट्टराईका अनुसार मन्त्रालयको निर्देशनपछि कटान भइरहेको क्षेत्रमा जोखिममा रहेका नागरिकको उद्धार र स्थानान्तरणको काम सुरु भइसकेको छ । मन्त्रालयले तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउने तयारी थालेको छ । मन्त्री खाँणले विपद्‌मा परेकाहरूलाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उनीहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन गरेका छन् ।

प्रेस संयोजक भट्टराईले मन्त्री खाँणले आवश्यक परे जोखिममा रहेका नागरिकको उद्धारका लागि हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकाले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टरको प्रयोग गर्नुपर्ने हुनसक्ने भन्दै तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

सेनाले कटान पीडितलाई आवश्यक परेमा तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखेको जनाएको छ ।

Comments
Order Cake Order Cake Order Cake
Share
914
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki