काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौंमा आज सडकमा प्रदर्शन गर्ने भएको छ। अदालत मार्फत सरकारको जिम्वेवारी गठबन्धनलाई सुम्पेको दल नेकपा एमाले महङ्गी बिरुद्द सठडकमा उत्रिने तयारी गरेको हाे ।
बर्तमान गठबन्धन सरकारले खाद्यवस्तुलगायतको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनाएको, भन्दै एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो। दिउँसो २ बजे जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ।
वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरूको सहभागिता रहनेछ।







