काठमाण्डौं- अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् ।
नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेपछि अमेरीकी उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो ।
यसअघि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउनको लागि पनि उनी काठमाडौं आएर सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उच्च कूटनीतिक स्रोतले दिएको जानकारी अनुसार अमेरिकी सहायक विदेश मन्त्री लू बिहीवार र शुक्रवार दुई दिन नेपालमा रहनेछन् । उनी दक्षिण तथा मध्य एसिया मामिलाका जिम्वेवार अमेरिकी अधिकारी हुन् ।







