काठमाडौं – बिभिन्न तीन देशकालागि राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेकी छन् । स्पेन, रुस र डेनमार्कका लागि राजदूतहरु नियुक्त गरेकी हुन् ।
मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा १० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त देशका लागि राजदूत नियुक्त गरेकी हुन् ।स्पेनका लागि नेपाली राजदूतमा डा. शर्मिला पराजुली (ढकाल)लाई नियुक्त गरिएको छ । यस्तै, रुसी महासंघका लागि मिलनराज तुलाधार र रामस्वार्थ रायलाई डेनमार्कका लागि राजदूत नियुक्त गरिएको छ ।
भारतका लागि आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।







