काठमाण्डौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्माता तथा निर्देशकसमेत रहेका अभिनेता केसीलाई नियुक्त गरेको हो ।अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।
अभिनेता केसीलाई आउँदो दुई वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरिएको छ । मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।
दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पूर्णता दिएको हो ।







