Saturday, June 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

प्रदेश र संघको निर्वाचनमा विचार मिल्नेहरूसँग एकताको प्रयास भइरहेको छ: प्रचण्ड

Monday, July 25, 2022
863
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र संघको निर्वाचनमा विचार मिल्नेहरूसँग एकता सम्भव बनाउने गृहकार्य भइरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनलाई समेत कसिलो बनाउँदै विचार मिल्नेहरूबीच सहकार्यका निम्ति प्रयास भइरहेको बताएका हुन्।

‘गठबन्धन न्यायोचित रुपले हुनुपर्छ सबैलाई न्याय हुनुपर्छ भन्नेनै छ। तर विचार मिल्नेहरूसँग सहकार्य राम्रो हुनुपर्छ भन्ने पनि छ,’प्रचण्डले भने, ‘विचार मिल्नेहरूसँग सहकार्य गरेर गठबन्धनलाई बलियो बनाउनेगरी बल गरिएको छ।’

Order Cake Order Cake Order Cake

उनले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै यस प्रणालीलाई परिमार्जन गर्नेगरी बहस अघि बढाइनुपर्ने बताए।

‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन। अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ’, उनले भने, ‘गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ। एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो।’

निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत दलहरूसँग छलफल गरिने उनले बताए।

‘अब क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो। आउने दलाल पुँजीपतिहरू आउने भए। नोकरसाह पुँजीपति आउने भए। भ्रष्टहरू आउने भए। त्यो खतरा दिनप्रतिदित बढ्दो छ’, उनले भने, ‘यसलाई विषय बनाएर हामीले गहिरो गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत भएका राजनीतिक दलहरू भित्र पनि छलफल गर्न आवश्यक छ। ठूलो आन्दोलन गर्नुपर्ने भयो। नत्र यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ भन्न सकिँदैन, नराम्रो भुमरिमा लैजान्छ।’

प्रचण्डले माओवादी केन्द्र बलियो नभएसम्म उत्पीडित वर्ग र समुदायको उत्थान नहुने जिकिर गरेका छन्। उनले, आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउनेगरी केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।

‘हाम्रो अर्को सिस्टम पनि देशको अनुकुल छैन। शासन प्रणालीको दृष्टिकोणले पनि देशको अनुकुल छैन । सांसद हुने बेलामा करोडौं खर्च गरेर किन हुन्छ त मान्छे? किनभने सांसद नभइ मन्त्री, प्रधानमन्त्री हुन पाइँदैन। मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्छन्। सांसद भएपछि मन्त्री हुनपनि चल्नुपर्‍यो अनेक खालका खेलहरू’, उनले भने, ‘मन्त्री भएपछि लगानी उठाउनुपर्‍यो।

भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणालीभित्र र शासन प्रणालीभित्र अन्तरनिहीत छ। यसलाई हामीले रिजर्भ राखेका छौँ। माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रुपले बोल्ने आधार छ। हामीले यो प्रणालीबाट जनताले पाउनुपर्ने कुरा पाउँदैनन् भनेर नोट अफ डिसेन्ट लेखेका छौँ।’

Comments
Share
999
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki