मुम्बई : बलिउड अभिनेता अजय देवगनले नेशनल अवार्ड जितेका छन्। त्यस्तै दक्षिण भारतीय फिल्मबाट अभिनेता सूर्याले यो अवार्ड जितेका छन् । अजयले तान्हाजी र सूर्याले सोरारई पोटारुबाट बेस्ट एक्टरको अवार्ड जितेका हुन् ।
त्यस्तै ‘बेस्ट एक्ट्रेस’को अवार्ड सोरारई पोटारुबाटै अपर्णा बालामुरलीले जितेकी छन्। त्यस्तै बेस्ठ फिल्ममा तुलसी दास जुनियर, बेस्ट निर्देशकमा एक अय्याप्पनम कोशियुमका लागि सचिदानन्दन केआर र सोही फिल्मबाट बिजु मनेनले सपोर्टिङ एक्टरको अवार्ड जितेका छन्।
नेशनल अवार्डमा दक्षिण भारतीय फिल्महरुको वर्चस्व रहेको थियो।
मुम्बइबाट बलिउड हंगामाको सहयोगमा







