काठमाडौं – सिन्धुपाल्चोक केन्द्र भएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकको इचोक आसपास केन्द्रविन्दु भएको ४.७ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
त्यसको धक्का काठमाडौंसहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।
Comments
Share







