Tuesday, June 23, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बजेटलाई सहयोग पुग्ने गरेर मौद्रिक नीति आएको छ : प्रधानमन्त्री

Sunday, July 24, 2022
सुदूरपश्चिमलाई देशकाे सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ : प्रधानमन्त्री देउवा
780
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको बताउनुभएकाे छ । आज आइतवार नेपाल उद्योग परिसङ्घको १९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले मौद्रिक नीतिमा कृषि क्षेत्र, उत्पादनमूलक, निकासीजन्य उद्योगको विकासका लागि सहयोग पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न उद्योगीहरूसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भर्खरै सार्वजनिक भएकाे माैद्रिक नीतिमा कृषि क्षेत्र, उत्पादनमूलक, निकासीजन्य उद्योगको विकासका लागि सहयोग पुर्‍याउने कुरा छ । मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न अनुरोध छ । देशलाई जतिसक्दो चाँडो समृद्ध देशकाे रूपमा स्थापित गर्नुपर्ने चुनौती हाम्रा सामु छ । यसलाई मध्यनजर गरेर स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरेर देशभित्र उत्पादकत्व वृद्धि गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र देशलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्छु ।’

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरूको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिनुभयाे । उहाँले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महँगा र विलासीपूर्ण वस्तुहरू स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताउनुभयो । उहाँले देशले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहेकाेले कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरूको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गर्नुभयो ।

Order Cake Order Cake Order Cake

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दुवै चाप परेको स्थिति छ । सरकार र निजी क्षेत्रले दुवै एकआपसमा संवाद र सहकार्य गरेर अर्थतन्त्रको चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र देशकाे गरिबी तथा आर्थिक असमानता हटाउन तपाईँहरूले आफ्ना पुँजी, प्रविधिहरूलाई त्यसतर्फ केन्द्रित गर्न आवश्यक छ । विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरू बढाउनुस् । ’

कृषि क्षेत्र देशकाे अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र देशकाे गरिबी तथा आर्थिक असमानता हटाउनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाइ पेट्रोलियम पदार्थको आयातको उपयोगलाई ध्यान दिन पनि आग्रह गर्नुभयो । उहाँले उद्योगी, व्यवसायीहरूले तत्कालीन लाभ लिने क्षेत्रमा मात्र नभइ दीर्घकालसम्म देशकाे आर्थिक विकासमा सहयोग पुग्ने, देशभित्रको कच्चा पदार्थको अति उत्तम परिचालन गरी निकासी बढाउने र देशको अर्थतन्त्रको जग बलियो बनाउने कुरामा लगानी बढाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले देशकाे अर्थतन्त्रलाई थप बिग्रिन नदिन र ट्र्याकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको सुनाउनुभयाे । उहाँले निजी क्षेत्रलाई उद्यम, व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था, पूर्वाधार सुविधा उपलब्ध गराउन सरकार सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्दै देशभित्र उद्योग व्यवसायको पर्याप्त विकासविना आर्थिक विकास र समृद्धि आउन नसक्ने दाबी गर्नुभयो ।

Comments
Share
1.2K
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki