काठमाडौं – प्रतिनिधिसभाबाट नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ बहुमतले पारित भएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गरेर पारित गरिएको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार राति सदनमा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । जसलाई सभामुख अग्नि सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा हुन्छ भन्ने सदस्यहरुको बहुमत देखिएपछि विधेयक बहुमतले पारित भएको हो ।
विधेयकमा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधान राखिएको छ ।
नागरिकता विधेयकलाई अब राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता ऐन संशोधन विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउने प्रावधान छ । विधेयक पारित भएसँगै साउन ८ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।







