काठमाडौं- सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
आज बिहान ललितपुरको हात्तीवनस्थित प्रचण्डनिकट एक आफन्तको घरमा करिब दुई घण्टा छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ ।
दुई नेताबीच गत हप्ता पनि सिंहदरबारमा भेटवार्ता भएको थियो । पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ ।
डा. भट्टराईले एकता गरेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । उनलाई आफ्नै पार्टिको अर्को पक्षले कार्यवाहि गरेको छ । उनी सँग नयाँ पार्टि दर्ता गर्ने वा पुराना पर्टिहरुसँग एकता गरेर अगाडि बढ्ने द्विबिधा भने कायमै छ । माओवादि केन्द्र वा अन्य कुनै बिचार मिल्ने पार्टि सँग एकता हुन नसकेको खण्डमा संसदिय निर्वाचनको मिति घोषण हुनु पूर्व नै नयाँ पार्टि दर्ताको प्रक्रियामा जाने तयारी रहेको उनी निकट एक नेताले बताए ।







