काठमाडौं – निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन् । सोही विषयमा छानबिन गर्न बनेको संसदीय समितिलाई बिहीवार बिहान बयान दिँदै उनले संसद देखि सडक सम्म भन्दै आएको कुरा दोहोर्याएका हुन् ।
संसदीय छानबिन विशेष समितिको बैठकमा उनको बयान जारी छ । हाल सम्म हात परेका प्रमाणहरु, सीसीटिभि फुटेज, बिभिन्न ब्यक्तिहरुको बयानको आधारमा पूर्व मन्त्रि शर्मा गलत नै हुन भन्ने अवस्था नरहे पनि अन्तिम परिणाम भने आउन बाकि नै छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
सोही दिन सरकारले बजेट प्रकरणबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो ।
सो समितिले विभिन्न व्यक्तिहरूसँग सोधपुछ गर्ने क्रममा निवर्तमान अर्थमन्त्री शर्मासँग बिहीवार सोधपुछ गरेको हो ।







