काठमाडौं – नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् ।प्रधानमन्त्री समेत रहेका पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनीहरूलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री र सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख बनेपछि पद रिक्त रहेको थियो ।
कांग्रेसकी पूर्व कोषाध्यक्ष यादव पूर्व उपसभामुख समेत हुन् । उनी २०६२/६३ को आन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभाको उपसभामुख थिइन् ।
सचेतक बनेका विश्वकर्मा अहिले पार्टीमा केन्द्रीय सदस्य छन् ।







