काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३५७ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।तीन हजार ३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ , जसमध्ये काठमाडौंमा ११ सय ९ जना, ललितपुरमा १६० जना र भक्तपुरमा ४२ जना रहेका छन्। आज ३६ हजार ३४८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई ‘रेड जोन’मा राख्ने गरेको छ। हाल काठमाडौंमा हजार जनाभन्दा बढी सक्रिय संक्रमित रहेकाले ‘रेड जोन’मा परेको छ।
मन्त्रालयको विवरणअनुसार हाल देशभर १९ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १८ सय ६५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।







