काठमाडौं – संसदीय विशेष छानबिन समितिको बैठकमा आज सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने कार्यतालिका छ । समितिलाई प्राप्त सीसीटीभी फुटेजमा सन्तुष्ट रहने अवस्था नभएकोले बिज्ञ सँग छलफल गर्नुपरेको समितिले बताएको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९र०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनेको हो । शर्माले उक्त समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।







