काठमाडौं – संसदीय विशेष छानबिन समितिले आजको बैठकमा अर्थ मन्त्रालयका सहसचिवहरूसँग छलफल गर्नेछ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको उक्त समितिको बैठक बस्न लागेको हो ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९ र ०८० को बजेट तर्जुमाको क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै उक्त विशेष समिति बनाइएको हो ।
शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।







