काठमाडौं – वाईसीएलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गरी छानबिन गर्न माग गरेको छ ।
गभर्नर अधिकारीलाई पदमुक्त गरी छानबिन गर्न योङ कम्युनिष्ट लिगले ७ बुँदे ज्ञापनपत्र सहित प्रधानमन्त्रि शेरबहादुर देउवासमक्ष उक्त माग गरेको हो ।
उक्त ७ बुँदे माग तत्काल संबोधन गर्न पनि वाईसीएलले आग्रह गरेको छ । माग पूरा नभए आमन्दोलनमा जानुको विकल्प नरहेको वाईसीएलले चेतावनी दिएको छ ।




Comments
Share







