काठमाडौं – आाज बसेको मन्त्रिपरिषद्को बैठकबाट विभिन्न निर्णयहरू भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निणर्यहरु गरेकाे हो ।
सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि उक्त बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिना थप गर्ने लगायतका विभिन्न निर्णयहरू गरेको छ ।
आजको मन्त्रिपरिषदका निर्णयहरु निम्न रहेका छन् ।
१) सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने ।
२) पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने ।
३) विश्वव्यापी व्यापारका लागि सहायता पुनरवलोकन कार्यक्रममा नेपाल सहभागी हुने ।
४) नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने ।
५) पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने ।
६) नेपाली इँटा व्यवसायीको दुईपक्षीय परामर्श संयन्त्र स्थापित गर्ने ।
७) नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने ।
८) नेपाल र मोरक्कोको दुईपक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने ।
९) राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने ।
१०) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने ।
११) सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिनाका लागि थप्ने ।







