काठमाडौं –सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधि सभाको उपसभामुख चयनको लागी असार ३१ गतेलाई निर्वाचन मिति तोकेका छन् । लामो समय देखि रिक्त उपसभामुख पदको आज निर्वाचन तोक्ने कार्यसूची रहेकोमा असार ३१ गतेको लागि मिति तोकेका हुन् ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने प्रावधान रहेको छ। तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेकाे थियाे । प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त हुँदै आएको छ।
Comments
Share







