काठमाडौ- चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएकाे छ। आइतबार काठमाडौं आइपुगेका लिउले बिभिन्न पाटिका प्रमुखहरुलाई भेट्ने क्रममा आज प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाल कम्यूनिष्ट पाटिका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन्।
ओली निवास बालकोटमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको नेकपा एमाले विदेश विभागले जनाएको छ । आज उनी ओली निवासमै दिवा भोजमा सरिक हुनेछन्।
उनले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट्ने कार्यक्रम छ। दिउँसो १ बजे होटल एभरेष्ट बानेश्वरमा दुई नेतासँग भेट्ने कार्यक्रम रहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
यस अधि प्रधानमन्त्री शेरबहादुर देउवा , परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरीसकेका छन् ।
लिउले बुधबार राष्ट्रपति भण्डारीसँग भेट गरेपछि स्वदेश फर्किने कार्यक्रम छ।







