काठमाडौं – राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको घटनाप्रति सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाल सरकारले उनको परिवार, जापान सरकार र जापानी जनताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
गृह मन्त्रालयले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी उनको निधनमा शनिवार राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ ।

Comments
Share







