काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशमा राजदूत नियुक्त गरेकी छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले ओमन,साउदी अरेबिया र श्रीलंकामा राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाको रादूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यले प्रेस विज्ञप्ति निकालेर यसबारे जानकारी दिएका छन् ।
Comments
Share







