काठमाडौं – लैनचाैर स्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले आफैंलाई गोली हानेको दूतावासलाई उद्द्धृत गर्दै प्रहरी स्रोतले जनाएको छ ।
सुरक्षागार्ड ड्युटीमै रहेका बेला आफैंलाई गोली हानेको र उनको घटनास्थलमै मृत्यु भएको स्रोतको भनाइ छ ।
प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले अनुसन्धानका लागि प्रहरी टोली दूतावास पुगेको जानकारी दिए ।
Comments
Share







