
राजनीतिक गुरुसँग ‘गुरुभाई’हरुको भेटघाट ।
सानैमा पढियो, गुरुको अर्थ अँध्यारोबाट उज्यालोतर्फबाट लैजाने हो । व्यक्तिगत जीवनमा त्यसको अनुभव गरियो पनि । अहिले एउटा विशाल अभियानमा रहदै गर्दा गुरुको अर्थ र भुमिकाको झन् धेरै अनुभव गर्न पाएको छु । यति आत्मिय र प्रष्ट मार्गदर्शनका लागि मेरा गुरु नरसिंह व्यञ्जनकारप्रति आभारी छु ।
यो सबै अनुभव गरिरहदा म भन्न सक्छु, नयाँ हुने बित्तिकै सबै राम्रो वा पुरानो हुने बित्तिकै सबै नराम्रो भन्ने हुदैन । नयाँ र पुरानोहरुले हातेमालो र सहकार्य नगरेसम्म हाम्रो मौलिकताले समय सुहाँउदो नयाँसंस्करण भेट्टाउँदैन । यसैले पुरानाले हिडेको बाटोका राम्रा र नराम्रा पक्षहरु सुन्नु छ । आफु हिड्दै गरेको बाटोको बारेमा सोध्नु छ । धेरै कुरा सिक्नु छ । र, केहि कुरा बदल्नु छ ।
यति हो, म एउटा चाल्नो बन्न सकुँ । पुराना पुस्ताका नराम्रा कुरा सबै छानेर राम्रा जति अब आउने पुस्तालाई सुम्पिन सकुँ ।
Comments
Share






