काठमाडौं- सिरहाको लहान नगरपालिका-२२ बेलीजटियाही टोलमा ख्याल ख्यालमै गोली चलाउँदा एक युवक घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान ८:४५ बजे रबिन्द्र चौधरीको घरको माथिल्लो तल्लामा स्थानीय १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया बसिरहेको थिए।
ख्याल-ख्यालमै सुशान्तले गोली चलाउँदा दिलिप को पेटमा गोली लागेको प्रहरीले जनाएको छ। घटनामा संग्लन रहेका दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ।
गोली चलेको धेरै बेरपछि प्रहरीलाई स्थानीयले खबर गरेको थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानको प्रमुख डिएसपी कुमारप्रसाद मैनाली घटनास्थल पुगेर छानबिन गरिरहेको छ।
प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएको छ। घाइते दिलिपलाई उपचारको लागि धरान पठाएको छ।
घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।







