काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार लुम्बिनी आएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाण रूपन्देही पुगेका हुन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका देउवा दीक्षान्त समारोहलाई सम्बोधन गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत् पुगेका हुन् ।
सो अवसरमा ३०९ जना विद्यार्थी दीक्षित हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम शर्माले जानकारी दिए ।
Comments







