काठमाडौं – गृह मन्त्रालयले गएराति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । जसमध्ये चारजना महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।
१७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए ।
योपटक डीआईजीको प्रतिस्पर्धामा चार महिला एसएसपी पनि थिए । जसलाई इतिहास रच्ने अवसर थियो । ०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका छन् ।
उनीहरू चारैजनाको अब आईजीपी बन्ने सम्भावना कायम छ ।
प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् । यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । अहिले चारजना डीआईजी सिफारिस भएसङै प्रहरीमा नयाँ इतिहास बनेको छ । प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् ।
पूजा सिंह अहिले एआईजी छन् । अहिले डीआईजी बनेकाहरु हालका आईजीपी धीरजप्रताप सिंहपछि आईजीपी बन्ने अवसर प्राप्त गर्नेछन् ।
सिफारिसमा पर्नेहरुमा निम्नअनुसार नामावली रहेको छ ।
१) वसन्त कुवँर
२) टेकप्रसाद राई
३) अशोक सिंह
४) दीपक थापा
५) श्यामलाल ज्ञवाली
६) किरण बज्राचार्य
७) सन्दीप भण्डारी
८) सुदीप गिरी
९) मिरा चौधरी
१०) टेकबहादुर तामाङ
११) उमेशराज जोशी
१२) भीमप्रसाद ढकाल
१३) रामदत्त जोशी
१४) पोषराज पोखरेल
१५) बुद्धिराज गुरुङ
१६) दुर्गा सिंह
१७) किरण राणा







