काठमाडौं- कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी संघीय निर्वाचनका लागि विषयमा निर्वाचन आयोग पुगेर छलफल गरेका छन् ।
उनीहरूले मतदाता नामावली संकलनलाई सहज बनाउनुपर्ने, काठमाडौं बाहिर पनि केन्द्रहरू तोक्ने, साथै स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्नुपर्ने विषयमा आयोगसँग छलफल गरेका हुन् ।
यस्तै उनले साउन १ गतेबाट विदेशमा बसेका नेपालीको मतदाता नामावली संकलन गर्ने विषयमा पनि छलफल भएको महामन्त्री शर्माको भनाइ छ । त्यस्तै विदेशबाटै समानुपातिकमा मत दिन पाउने व्यवस्थामा पनि छलफल भएको उनले बताए ।







