काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ ।
निगमले आइतवार राति ११ बजे विज्ञप्ति प्रकाशित गरी मध्यराति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी बृद्धि गरेको हो ।
पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैया थियो । डिजेलमा पनि एकैपटक २७ रुपैया बृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ पुगेको छ । प्रतिलिटर इन्धनमा एकैपटक यति धेरै बृद्धि गरिएको पहिलो पटक हो ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।
मूल्यबृद्धि पछि पनि मासिक ४ अर्ब ७० करोड घाटा रहेको निगमले दावी गरेको छ ।








