काठमाडौं : नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै संसदमा अवरोध गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि उठेका प्रश्नको जवाफका लागि अर्थमन्त्री शर्मालाई रोस्टममा बोलाएपछि एमाले सांसदहरुले उठेर अवरोध गरेका हुन्।
एमाले सांसदहरु उठेपछि सभामुख सापकोटाले भानुभक्त ढकाललाई बोल्न दिए। ढकालले अर्थमन्त्री शर्मा विचौलियाको चंगुलमा फसेको भन्दै शर्माको जवाफ आफूहरुलाई नचाहिएको बताए। उनले अर्थमन्त्रीको कार्यसूची हटाउन माग गर्दै त्यो नगरेसम्म अवरोध जारी रहने बताए। त्यसपछि एमाले सांसदहरुले उठेर अवरोध जनाइरहेका छन्।







