काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला खोलिएको छ।
आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति र नेपाल विद्यार्थी संघले ताला खोलेका हुन्।यसअघिको सहमतिअनुसार करिब एक सय ४२ दिनपछि संघले शुक्रबार र समितिले आइतबार ताला खोलेका हुन्। ताला खुलेसँगै सोमबारदेखि त्रिविको प्रशासनिक कार्य सुरु हुनेछ। समिति र संघले करिब पाँच महिनाअघि उपकुलपतिको कार्यालयमा ताला लगाएका थिए।
Comments







