Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आजबाट काठमाडौंको फोहाेर उठाइने

Tuesday, June 7, 2022
आजबाट काठमाडौंको फोहाेर उठाइने
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं- काठमाडौंमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ।

सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो।

सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको छ।

Order Cake Order Cake Order Cake

हरेक दिन बञ्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुर्ने सहमति भएको आयोजना निर्देशक रवीन्द्र बोहोराले जानकारी दिए।

यसरी माटोले पुरेपछि दुर्गन्ध नफैलिने उनले बताए। दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सिफारिसका आधारमा १० दिनभित्र रासायनिक वा जैविक उपचारको विधि पनि लागू गरिनेछ।

‘अहिलेलाई असार मसान्तसम्म विगतमा जसरी फोहोर उठाइन्थ्यो, त्यसरी नै उठाइनेछ। साउन १ देखि भने कुहिने र नकुहिने फोहोर स्रोतमै छुट्टयाएर नकुहिने खालका फोहोर मात्र डम्पिङ साइटमा लैजाने सहमति भएको छ,’ बोहोराले वार्तापछि सेतोपाटीसँग भने।

यसका लागि काठमाडौं महानगरपालिकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न मंगलबारबाट सूचना जारी गर्नेछ। असार मसान्तसम्म प्रचारप्रसार अभियान चलाएपछि साउन १ बाट छुट्टाछुट्टै गाडी पठाएर संकलन गर्नेछ।

यसबीच काठमाडौं महानगरले कुहिने फोहोर जम्मा गर्न र त्यसलाई कम्पोष्ट मलमा परिणत गर्न ठाउँ खोज्नेछ।

‘आगामी ४० दिनभित्र महानगरले कुन ठाउँमा कुहिने फोहोर स्टोर गर्ने र त्यसलाई मलमा परिणत गर्न कारखाना कहाँ राख्ने भन्ने तय गर्नेछ,’ बोहोराले भने, ‘यसको निम्ति फोहोरमैला व्यवस्थापनमा संलग्न निजी कम्पनीहरूसँग छलफल सुरू गरिनेछ।’

काठमाडौंमा फोहोर संकलन र ढुवानीको जिम्मा निजी कम्पनीहरूले लिँदै आएका छन्। यसमा ७९ वटा कम्पनी संलग्न छन्। तिनै कम्पनीलाई ठाउँअनुसार कुहिने फोहोर संकलन गरी स्टोर गर्ने र मल बनाउने जिम्मा दिइनेछ।

‘महानगरको निगरानीमा फोहोरमैलाको व्यवस्थापन निजी क्षेत्रबाट हुनेछ,’ उनले भने।

सत्र वर्षदेखि लगातार काठमाडौंको फोहोर थुपारिँदै आएको सिसडोल बन्द गरी हरित क्षेत्रमा परिणत गर्ने र बञ्चरेडाँडा डम्पिङ साइटले असर गर्ने प्रभावित क्षेत्र निर्धारण गरेर अधिग्रहण प्रक्रिया थालनी गर्ने पनि प्रतिबद्धतापत्रमा छ।

यसको निम्ति बञ्चरेडाँडाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधार ६ महिनाभित्र प्रभावित क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया सुरू गरिने बोहोराले जानकारी दिए। प्रभावित क्षेत्रका जग्गा यकिन गरी अधिग्रहण गर्ने जिम्मा सहरी विकास मन्त्रालयको हुनेछ।

काठमाडौं महानगरपालिकाले नास्टको विज्ञ टोलीबाट बञ्चरेडाँडा डम्पिङ साइटले प्रभाव पार्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गराएको थियो। महानगरले उक्त प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको छ।

अहिले यहाँका स्थानीयले बञ्चरेडाँडा डम्पिङ साइट सञ्चालन गर्न तीन हजार पाँच सयदेखि चार हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने कुरा उठाउँदै आएका छन्।

सिसडोलका हकमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर ६ महिनाभित्र डम्पिङ साइट बन्द गर्न प्रक्रिया सुरू गरिने प्रतिबद्धतापत्रमा छ।

सिसडोल तथा बञ्चरेमा फोहोर नगन्हाउने व्यवस्था मिलाउने र सिसडोलको फोहोरबाट निस्केको दूषित पानी (लिचड) तत्काल व्यवस्था गरिनेछ।

सहमतिअनुसार जेठ २४ गते मंगलबारबाट उपत्यकाको फोहोर बञ्चरेडाँडा डम्पिङ साइटमा विसर्जन गर्न ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले सहयोग तथा सहजीकरण गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ।

स्थानीय बासिन्दाको शिक्षा, स्वास्थ्य, रोजगार, स्वास्थ्य बिमा लगायत विकास निर्माणको सहमति पनि भएको छ।

बञ्चरेडाँडा साइट प्रभावित क्षेत्रमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न पाँचवटा सडक निर्माण गर्न सहरी विकास मन्त्रालयले ४२ करोड ५० लाख रूपैयाँ विनियोजन गर्ने प्रतिबद्धतापत्रमा छ।

त्यस्तै नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपणका लागि १ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि १० शैयाको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरिनेछ।

सिसडोल र बञ्चरेडाँडा क्षेत्रका विद्यालयहरूको स्तरोन्नति प्रक्रिया पनि सुरू गरिनेछ। रोजगारमा स्थानीय बासिन्दालाई प्राथमिकता दिने सहमति भएको छ।

फोहोरमैलाबाट पर्ने स्वास्थ्य समस्या सम्बोधन गर्न स्वास्थ्य बिमा गरिनेछ। यसका लागि काठमाडौं महानगरले धुनिबेसी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई नेपाल स्वास्थ्य बिमा बोर्डबाट स्वास्थ्य बिमा गर्नेछ। यो कामको सुरूआत एक साताभित्र गरिनेछ।

प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई महानगरले निरन्तरता दिने प्रतिबद्धतापत्रमा छ।

वार्तामा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरका उपमेयर मन्जली शाक्य, सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह, बञ्चरेडाँडा आयोजना निर्देशक रवीन्द्र बोहोरा लगायतको सहभागिता थियो।

 

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki