काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहसँगको भेटका क्रममा आज प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताएका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले साहलाई काठमाडौं महानगरपालिकाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिए । प्रमुख साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।
Comments







