काठमाण्डौं – संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानूनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
सोमवार बसेको समितिको बैठकले कानूनी अड्चन हटाएर विमानस्थलको निर्माण कार्य चाँडै अघि बढाउन निर्देशन दिने निर्णय गरेको सभापति पवित्रा खरेलले जानकारी दिइन् ।
बैठकमा नेकपा (एस) अध्यक्ष माधव नेपाल, कांग्रेस नेता प्रकाशमान सिंहलगायतले निजगढ विमानस्थल सहमति गरेर भए पनि बनाउनुपर्ने धारणा राखेका थिए ।
सर्वोच्च अदालतले जेठ १२ गते निजगढ विमानस्थल निर्माणको सबै काम रोक्ने गरी फैसला सुनाएको छ ।







